सुनसरी । धनकुटाको सागुरीगढी गाउँपालिका ६ नजिकै हिजो राति जिप दुर्घटना हुँँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सागुरीगढी गाउँपालिका ७ की १९ वर्षीय श्रेया राई रहेकी छन् ।
मे १ ज २१६२ नम्बरको जिप अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएकी राईको उपचारका क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारले बताएको छ ।


















