बेलका । उदयपुरको बेलका नगरपालिकामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलका–५ घुम्नेका अन्दाजी ४२ बर्षिय गणेश क्षेत्री रहेका छन् ।दलित समुदायकी ती बालिका आफ्नो हजुरबुवा, हजुरआमाका साथ बस्दै आएकी छन् । पीडित बालिकाको परिवारले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले क्षेत्रीलाई घरैबाट पक्राउ गरेको जनाएको छ।
आरोपित क्षेत्रीलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरीका निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । गत सोमबार आरोपित क्षेत्री र पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए ।
घुम्नेको गुराँस टोलमा बस्ने क्षेत्रीले गत फागुन २२ देखि २९ गतेसम्म पटक–पटक करणी गरेको पीडित परिवारले जनाएको छ ।

















