सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ५ मा रहेको टेङ्ग्री टोलमा भीषण आगलागी भएको छ ।
हिजो राति लागेको आगलागीबाट २५ वटा घरमा क्षति भएको छ । स्थानीय दिनेश यादवको घरबाट लागेको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमासमेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । हिजो राति लागेको आगो बिहान ३ बजेतिर निभाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

















