चितवन । चितवनको ईच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शुक्रबार बेलुका करिब पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरूङ र पाँच वर्षीय आर्यन गुरूङ रहेका छन् ।
प्रहरीका अनुसार तृप्ति र आर्यन आमा छोरा हुन् भने रविन आफन्त हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।

















