सुनसरी । सिराहाको गोलबजार नगरपालिका ४ मैनावतीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बाँस लोड गरेको प्रदेश २–०३–००१ ख ३६४८ नम्बरको ट्रक अनियन्त्रित भएर पुलमा ठोक्किएर अचानक ब्रेक लगाउँदा सोही ट्रकमा पछाडि आउँदै गरेको ज १० प ४२६६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
मोटरसाइकल ठोक्किँदा, ट्रकमा लोड भएको बाँसले घोचेर गम्भीर घाइते भएका मोटरसाइकल चालक सिराहा विष्णुपुर गाँउपालिका–३ का २५ वर्षीय लालु कुमार यादवको मृत्यु भएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते यादवको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।दुर्घटना पश्चात फरार भएका ट्रक चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

















