काठमाडौं । यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा एसईई मा सहभागी परीक्षार्थीहरुको लागि उमेर हद नलाग्ने भएको छ ।
अहिलेसम्म १४ वर्ष उमेर पूराभएकाले मात्र एसईई दिन पाउने प्रावधान रहेको थियो ।यो वर्षदेखि भने कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरु लाई उमेर हद लागु हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, अब एसएलसी भनेको कक्षा १२ हो । त्यहाँ उमेर हद लागु हुन्छ अब कक्षा १० मा लागु हुँदैन ।
एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने कानूनत अधिकार बोर्डलाई भएकोले बोर्डले निर्णय गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

















