काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी दिए । एक महिलाले बलात्कारको उजुरी दिएपछि सांसद बानियाँ लाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका बानियाँ माथी बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ ।

















