रामधुनी । इटहरी उपमहानगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले जनता सँग चुनावका वेला गरेका वाचा पूरा गर्ने क्रममा दुई दिनमा छ वटा आधारभूत अस्पताल उदघाटन गरेका छन् ।
चुनावका वेला सवै वडामा आधारभूत अस्पताल पूरयाउने प्रतिवद्धता गरे सँगै जनप्रतिनिधिहरुले दुई दिनमा ६ वटा अस्पाताल उद्घाटन गरेका हुन् । सरकारी स्वास्थ्य सस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । धमाधम उदघाटन गरेर सेवा सूचारु गर्ने क्रममा शनिबार वडा नम्वर १०, ११ र १३ मा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरील नवनिर्मित स्वास्थ्य इकाई भवनको उदघाटन गरेका हुन् ।
उनले अव आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक, महिला, वालवालिका लगायतले शहर जानु पर्ने अवस्थाको अन्त्य भएको बताए । विद्यार्थीलाई नियमित स्वास्थ्य परीक्षण गर्न उनले आग्रह समेत गरेका छन् ।
उपप्रमुख लक्ष्मी गौतमले संघीयता कार्यावन्यन गर्ने क्रममा इटहरी उपमहानगरपालिकाबाट भएका विकासका कार्यका कारण जनताले गाँउ गाँउमा शिँहदरवार आएको महशुष गरेको बताइन् ।
वडा नम्वर १० मा वडाध्यक्ष प्रकाश चौधरी,११ मा वडाध्यक्ष रुपेश चौधरी र १३ मा वडाध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा उदघाटन कार्यक्रम गरिएको हो । शुक्रबार मात्र वडा नम्वर १८, १९ र २० मा स्वास्थ्य इकाइ भवन उदघाटन गरिएको थियो । गाँउ गाँउका वासिन्दाले सवैका लागि स्वास्थ्य भन्ने नारा सुनेको तर सवैका लागि स्वास्थ्य आजै प्राप्त हुन लागेको भन्दै खुशी ब्यक्त गरेका छन ।

