काठमाडौं । एनसेलले डेटा प्रयोग गर्दा आकर्षक क्यासब्याक उपहार योजना सञ्चालनमा ल्याएको छ ।
सोमबारदेखि एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याकअन्तर्गतका तीन विभिन्न प्याकहरूमा २० देखि ६० रुपैयाँसम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो । यो योजनामा ग्राहकले डेटा प्रयोग गर्दा आकर्षक क्यासब्याक पाउने भएका छन् ।
योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिनदेखि ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीको गज्जबको डेलि जीबी प्याकको खरिदमा क्यासब्याकको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
७ दिनका लागि मान्य रहने दैनिक १ जीबी डेटा प्याक ग्राहकले कर सहित १ सय ६९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यासब्याक पाउँछन् ।
त्यसैगरी, ग्राहकले करसहित मात्र २ सय ६९ रुपैयाँमा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिदमा ३० रुपैयाँको क्यास ब्याक पाउनेछन् ।
धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित ५ सय ९९ रुपैयाँमा सुचारु गर्दा ६० रुपैयाँ बोनस क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले #१७१२३# डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन् ।

















