इटहरी । सार्वजनिक यातायातमा महिलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ्को विराटनगर–६ का ४३ वर्षिय मालबाबु सहनी रहेका छन् ।
सहनीले धरानबाट इटहरी जाँदै गरेकी २४ वर्षिय महिलाई मंगलबार साँझ ५ बजेको समयमा इटहरी –२० मा सार्वजनिक बसमा अभद्र व्यवहार गरेका थिए ।
उनले महिलाई हातपात गर्न खोजी अनावश्यक रुपमा अश्लिल शब्दले गालिगलौज गरेका थिए । पक्राउ परेका सहनीलाई बुधबार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अभद्र व्यवहार मुद्धामा ७ दिनको म्याद थप गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


















