No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशी अस्पताल प्रदेश १ कै नमुना अस्पताल बन्छ: स्वास्थ्य मन्त्री खतिवडा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १, २०७८
in प्रदेश, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
कोशी अस्पताल प्रदेश १ कै नमुना अस्पताल बन्छ: स्वास्थ्य मन्त्री खतिवडा
Share on FacebookShare on Twitter

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र गर्ने बताएका छन् ।

बिराटनगर बिहान संवाद समुहले आयोजवना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोमा उनले तत्काल त्यो रकम उपलब्ध गराईने बताएका हुन् । ‘अहिले बिमा बापतको रकम भुक्तानी हुन नसक्नुको कारण भनेको कर्मचारी अभावले हो, उनले भने, त्यो समस्या समाधान गर्नकालागि तत्काल कर्मचारी ब्यवस्थापन गरेर एक महिना भित्र बिमाको रकम भुक्तानीको लागि वातावरण बनाईने छ ।’

उनले कोशी अस्पतालको सुधारकोलागि काम शुरु भएको बताएका छन् । भौतिक पूर्र्बाधार निर्माणमा काम शुरु भएको दाबी गर्दै उनले अब सुबिधा सम्पन्न अस्पतालको रुपमा अघि बढेको उनले बताए । ‘संरचना बन्ने काम शुरु भएको छ, अब सुबिधा सम्पन्न अस्पतालको विकास हुँदैछ उनले भने, वीमा काजका कर्मचारीबाट चलाएको अबस्था थियो, अब बिमाकालागि ५० जनाको हाराहारीमा कर्मचारी थपेर ब्यवस्थित गर्नेकाम शुरु गरिएको छ।’

कोभिडका कारण स्वास्थ्य क्षेत्रको बजेट ८ प्रतिशत पुग्नुले स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको बताए । ‘स्वास्थ्य क्षेत्रमा केही पूर्बाधार निर्माण भएको देख्नुभएको छ, त्यो भनेको कोभिडका कारण आएको बजेट कार्यान्वायनको अबस्था हो, उनले भने, समग्र बजेटको २ प्रतिशतमा चलेको स्वास्थ्य क्षेत्रमा अहिले ८ प्रतिशत बजेट बढेको छ, यसले काम अघि बढेको छ ।’ कोशी अस्पतालको सुधारको काम जे सोचेको छ त्यही हुन्छ । क्लिनकमा जाने र अस्पताल समयमा नबस्ने डाक्टर समस्याको रुपमा रहेको बताएका मन्त्री खतिवडाले तलब दोब्बर गर्दापनि समस्या देखिएपछि यसको कानुनी उपचार खोज्नु पर्ने अबस्था रहेको सुनाए । कोशी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नका लागि पूर्वाञ्चल विश्वबिद्यालयसँगको सहकार्यमा काम शुरु भएको उनको भनाई छ।

सुधारको संकेत

कोशी अस्पतालको भौतिक पुर्बाधार निर्माणलाई प्राथमिकतामा राखिने, ओएनएम सर्बेलाई तत्काल पारित गरि कार्यान्वायनमा लगिने, जसले कोशी अस्पतालको जनशक्ति समस्या समाधान गर्ने सहमती भएको छ। स्वास्थ्य बीमा ईन्ट्रीमा समस्या रहेकोले त्यसकालागि तत्काल जनशक्तिको ब्यवस्थापन गरि अबको एक महिना भित्र बिमा समस्या समाधान गरिने, कोशी अस्पतालको रोकिएको बिमा वापतको रकम तत्काल निकासा गरिने बारेमा सहमती भएको हो ।

आईसीयु बेड भएको भेन्टीलेटर नभएको कुनै त्यस्तो आबश्यक भएको अस्पतालले माग गरे संघीय सरकारले भेन्टीलेटर सहितका उपकरणहरु उपलब्ध गराउने पनि भनिएको छ। प्रदेश अन्तरगतका अस्पतालमा देखिएको जनशक्ति समस्या समाधान गर्न प्रदेश सरकारले विशेषज्ञ सहितको जनशक्ति लोकसेवा मार्फत ब्यवस्थापन गर्ने, तत्कालको जनशक्तिलाई आबश्यकता बारेको प्रदेश सरकारबाट माग भएमा संघीय सरकारले छात्रबृतिको डाक्टर उपलब्ध गराउने मन्त्री खतिवडाले प्रतिवद्धता जनाएका छन् । कोशी कोभिड अस्पताललाई प्रदेश १ को हब अस्पतालको रुपमा विकास गर्न दलहरुले माग गर्दै आएका थिए । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश १ का १४ जिल्ला अस्पताललाई सहज जनशक्ति ब्यवस्थापनको काम प्रदेश सरकारले थाल्ने बताए ।

‘प्रदेश १ अस्पतालको स्तरोन्नतीको काम प्रदेश सरकारले थालीसकेको छ, जजनशक्ति ब्ययवस्थापनमा समस्या देखिएकोले समाधानको लागि कानुन निर्माण गरेर कार्यान्वायनमा लाग्न तयार छौँ ।’ कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चुमनलाल दासले कोशी अस्पताललाई रिफरलल अस्पतालको रुपमा विकास गर्नकालागि पुर्बाधार, जनशक्ति, औजार उपकरण र ब्यवस्थापकीय पक्षलाई बलियो बनाउन सरकारले सहयोग गर्नु पर्ने बताए । कोशी अस्पतालको ५ सय बेड स्तरोन्नती गर्नका लागि ओएनएम सर्बे कार्यान्वायनमा जाने हो भने ११ सय ३८ जना जनशक्तिको ब्यवस्थापन हुने बताए ।

पूर्ब सामाजिक विकास मन्त्री तथा प्रदेश सांसद जीवन घिमिरेले कोशी अस्पतालको स्तरोन्नती, शिक्षण अस्पताल, रिफरल अस्पताल बनाउनको लागि ओएनएम स्वीकृती भयो भने जनशक्ति समस्या समाधान हुने बताउ । भौतिक प्रगतीको काम भईरहेकोले भौतिक खर्चको लागि प्राथमिकता पाउनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका भक्तिनाथ माझीले नागरकले तत्काल सुबिधा हुँदा हुँदै पनि सेवा पाउन नसकिरहेको बताए । उनले डाक्टरहरु अदालतको साक्षी बकपत्रमा जानु पर्ने भएपनि साँक्षी बकपत्रमा दिईएको समयमा नजाने गरेको सुनाए ।

नेकपा एकिकृत समाजवादीका महेश रेग्मीले सबैको प्राथमिकता स्वास्थ्य क्षेत्र भएपनि प्राथमिकतालाई ध्यान नदिईएको बताए । स्वास्थ्य क्षेत्रमा मुस्कान सहितको सेवा ल्याउनु पर्ने बताए । उनले सरकारको प्राथमिकतामा कोशी अस्पताल पर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य सावित्रा रेग्मी लगायत मोहम्मद कादिर लीला रिजाल, प्रमिला थापा मोरङका प्रमुख जिजल्ला अधिकारी काँशीराज दाहालले अस्पताल सुधारका बिकल्पहरु दिएका थिए । अस्पतालमा उपकरण जडान भएर पनि आईसीयु र भेन्टीलेटर सञ्चालनमा आउन नसकेकोले तत्काल विशेषज्ञ डाक्टरहरु ल्ल्याउनु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी दाहालले संवाद पछि कोशी अस्पताल केही सुधार हुँदै गएको बताउँदै सरकारले स्वास्थ्य क्षेत्र प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

 

Tags: कोशी अस्पतालबिराटनगरबिराटनगर महानगरपालिकास्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा
ShareTweetPin
Previous Post

जनप्रतिनिधि जनताको अडिटिङमा खरो उत्रन सक्नुपर्छ: एमाले नेता पोखरेल

Next Post

नोबेल अस्पतालका सबै सेवा खुल्ला छन् : अस्पताल प्रशासन

Next Post
उर्लाबारीका संक्रमितको नोबेलमा मृत्यु

नोबेल अस्पतालका सबै सेवा खुल्ला छन् : अस्पताल प्रशासन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.