रामधुनी । नेपाली काङ्ग्रेस रामधुनी वडा नम्बर ३ को पार्टी कार्यालय उद्घाटन भएको छ ।
नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष केदार भन्डारिको प्रमुख आथित्यतामा बिहिबार उद्घाटन गरिएको हो ।
नेपाली काँग्रेस पाटीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ रामधुनी नगरपालिकाको प्रत्येक वडा–वडामा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका सक्रिय नेता तथा कार्यकर्ताको पहलमा वडामा पार्टी कार्यालय स्थापन गरिएको नेपाली काँग्रेस रामधुनी नगरसमितिका सभापति सुदिप अधिकारीले बताए । नजिकै आएको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसलाई वडा स्तर देखि नै बलियो र समृद्ध र सुदृढिकरण गर्न सक्रिय रुपमा लाग्न समेत अधिकारिले आग्रह गरेका छन् ।
कोभिड सुरक्षा सहित अपनाई औपचारीक कार्यक्रमका साथ उक्त वडा स्तरिय पार्टी कार्यालयको उद्घाटन गरिएको नेपाली काङ्ग्रेस रामधुनी वडा न ३ का सभापति गोपाल अधिकारीले बताए ।

















