काठमाण्डौ । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने योजना ल्याएको छ। एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यमा यो योजना ल्याएको हो ।
यो योजना मङ्गलवार देखि सञ्चालनमा आएको र १० दिनसम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ । यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले एकरएक वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याब टेनएस प्राप्त गर्ने छन्।
ग्राहकले उठाएको आगमन कलको कुल सङ्ख्या, औस कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छनोट हुने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताले नेपालमा आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याब जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस समेत प्राप्त गर्नेछन् ।
ग्राहकहरूले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुरु गर्न सक्ने एनसेलले जनाएको छ । यसरी प्राप्त बोनस तीन दिनका लागि मान्य हुनेछ । ग्राहकले यो बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।
यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाण्डौबाहिर रहेका एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार ट्याबलेट हस्तान्तरण गरिने एनसेलले जनाएको छ ।

















