रामधुनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोनाविरुद्धको खोप लगाउन २० हजार घुस लिएको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साह र कृष्णाकुमार यादवविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
स्वास्थ्य चौकीमा कार्यरत साहको निर्देशनमा यादवले २० हजार घुस लिएका थिए । साहको निर्देशनमा यादवले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सेवाग्राहीबाट २० हजार घुस लिएको अख्तियारको छानबिनमा फेला परेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।


















