विराटनगर । ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो ताप्लेजुङको साँवाबाट दोभानतर्फ जाँदै गरेको मे १ त ७४६१ नम्बरको दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैं अनियन्त्रित भएर सो दुर्घटना भएको हो।
दुर्घटनमा मेरिङदिन गाउँपालिका-१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही ट्याक्टरका चालक र सहचालक भने घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

















