रामधुनी । मास्क कालोबजारी गरेको आरोपमा हेटौँडाबाट प्रहरीले ३ जना औषधि व्यवसायीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेल रहेका छन् ।
बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।

















