No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश सरकारले जनतामा निरासा पैदा हुन दिदैन : मन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
पुस २१, २०७८
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश सरकारले जनतामा निरासा पैदा हुन दिदैन : मन्त्री कार्की
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले शासक होइन जनताको सेवक भएर काम गर्ने बताए । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उनकाे भनाई छ ।

अघिल्लो दुई तिहाईको सरकार र त्यसको नेतृत्व गरेका केपी शर्मा ओलीको तानाशाही शासक बन्ने मानसिकताका कारण फेरि पनि लोकतन्त्रका अवयव अन्योलको भूमरीमा फस्न पुगेको बताउँदै उहाँले त्यसलाई सही ठाँउमा ल्याउनका लागि चुनौति रहेको बताए । उनले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकको विकास सम्भव रहेको बताउँदै अहिले पनि कांग्रेससहित गठबन्धन दल त्यही भूमिकामा रहेको बताए ।

मन्त्रालय सम्हालेको आज ६४ औँ दिन भएको बताउँदै उहाँले १४ वटै जिल्ला अन्तरगत प्रहरी चौकीहरुको मर्मत सम्भार गरि पूर्वधारको विकास गर्ने बताए । अपराधिक घटना नियन्त्रण गर्ने, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनःस्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको मन्त्री कार्कीको भनाई छ ।

ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताउँदै भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइने व्यवस्था मिलाएको र संक्रमित पहिचान भएकालाई कोभिड १९ उपचार केन्द्र, होल्डिङ सेन्टर लगायत उपयुक्त तोकिएको ठाउँमा राखेर उपचार गरिएको बताएका छन् ।

विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम मन्त्रालयले गर्दै आएको उनकाे भनाई छ । प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गरिने छ ।

मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानूनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने बताउँदै न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने बताएका छन्। आइतबार झापा कारागारको निरिक्षण गरेका मन्त्री कार्कीले अब चाँडै मोरङ कारागारको पनि निरिक्षण गर्ने र प्रदेशका सबै कारागारलाई व्यबस्थित बनाउने बताए।

ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उनले ट्राफिक व्यवस्थापनमा सुधार गर्ने बताएका छन् । यसअघि मन्त्रालयले ट्राफिक सप्ताह मनाएको थियो । अब भने ट्राफिक सदा भन्ने नारा व्यवहारमा लागू गर्नुपर्ने उनकाे धारणा छ । ट्राफिक प्रहरीसंग कसैको सोर्स नलागोस भन्दै उहाँले ट्राफिक अपराध सबैलाई कानूनी दायरामा ल्याइने बताए ।

मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै सबैको हातहातमा राजपत्र पुर्याउने वचन दिएका छन् । प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गर्ने, पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत विकासका साथै सञ्चारगृहहरुको अनुगमन गरी समस्या पहिचान गरिने उनले बताए ।

नोवेल मेडिकल कलेजमा देखिको विषयलाई गम्भीर रुपमा लिएको बताउँदै उहाँले समस्याका समाधान गर्न पहल गर्ने बताए ।

Tags: आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीकेदार कार्कीविराटनगर
ShareTweetPin
Previous Post

पूर्ण खोप लगाइसकेका व्यक्तिलाई अतिरिक्त खोप दिइने, एचआइभी संक्रमितलाई समेत खाेप

Next Post

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

Next Post
साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.