रामधुनी । राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर वीरेन्द्रनगरमा वीरेन्द्रको शालिक राखिएको छ । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक राखेका हुन् ।
२०६२/०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन ।
पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको समयमा नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले सालिक राखेका हुन् ।

















