बराहक्षेत्र । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबम् संघीय सांसद मीन विश्वकर्माले बराहक्षेत्र( धरान जोड्ने सडकखण्ड कालोपत्रे हुने बताएका छन् ।
आज (मंगलबार) सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेशसभा ‘ख’ को प्रचारप्रसार सम्पर्क कार्यालय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले धरान-बांगे र धरान-चतरा जोड्ने सडकखण्डको प्रक्रिया अघि बढिसकेको संकेत दिएका हुन् ।
यस स्थानमा प्रदेश र प्रतिनिधि दुबै तहको चुनाव एमालेले जित्यो । सांसद विश्वकर्माले भने, तर अहिले भीम आचार्य र जयकुमार राईले यहाँको बाटो हिडे भने धुलोले गर्दा दुईले एक अर्कालाई चिन्न सक्दैनन् । विश्वकर्माकाअनुसार आफूले पहल गरी आफ्नो क्षेत्रका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न २० वटा बिधालयका विद्यार्थीले छात्रवृत्तिमा पढ्ने पाउनेछन् । प्रत्येक वडाबाट ३ जना गरि जम्मा ८० विधार्थीले पाउने निस्शुल्क शिक्षाअन्तर्गत नाम संकलन सुरु भइसकेको उनले जनाए ।
पछिल्लोसमय बहसको विषय बनेको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान विवादको सन्दर्भमा प्रमुख अतिथि विश्वकर्माले प्रतिष्ठानमा सिर्जित समस्या चाडै समाधान हुने बताए । काँग्रेस कर्मचारीले नै पार्टीका नाममा पैसा उठाउने, व्यक्तिगत खर्च गर्ने गरेकाले बिपि प्रतिष्ठान र काँग्रेस सकिएको होु विश्वकर्मा थप्छन्, स्वास्थमन्त्री उमेश श्रेष्ठकाे नेतृत्वमा समिति बनेको छ, जसले भिसी, रेक्टर लगायतमा योग्य कर्मचारी छान्ने काम गरेर अघि बढ्छ ।
कार्यक्रम काँग्रेसको १४ औं महाधिवेशन लक्षित थियो । पुर्व आपुर्तीमन्त्री समेत रहेका विश्वकर्माले ११ औं महाधिवेशनमा विधान संशोधन गरेर आदिवासी, मुस्लिम, दलित, अल्पसंख्यक आदीलाई समेटी समावेशी पार्टी निर्माण गर्ने शेरबहादुर देउवालाई पुनस् सभापति बनाउनुपर्ने तर्क गरे । त्यस्तै, सुनसरी क्षेत्र १ नम्बर क्षेत्रमा पुर्ण सुवेदी र १ ‘ख’ मा अजयकुमार राईलाई जिताउनुपर्ने उनको भनाइ थियो ।
क्षेत्रीय सभापतिका उमेदवार पूर्ण सुवेदीले आफू विजयी भएमा धरानका २०, बराहक्षेत्र ५ र रामधुनीका २ वडालाई धरान महानगर बनाउने योजना सुनाए । उनले काँग्रेस बराहक्षेत्रको पार्टी कार्यालय समेत निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै, प्रदेशसभातर्फका उमेदवार अजयकुमार राईले यस् क्षेत्रबाट आजसम्म काँग्रेस नेताले जित्न नसकेको इतिहासलाई बदल्ने आफूले रणनीतिक योजना बनाएकाले कार्यकर्तालाई सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रममा प्रचारप्रसार सहसंयोजक अमृत खड्काको सभादक्ष्यता, केन्द्रिय सदस्य मीन विश्वकर्माको प्रमुख आतिथ्यतामा उमेदवारहरु अजयकुमार राई र पूर्ण सुवेदी, काँग्रेस नेतृहरु मीना सुब्बा, लक्ष्मी खतिवडा, ममता योन्जन तामाङ, कोपिला गौतम, पूजा धामी, सुरेश श्रेष्ठ, काशीराम चौधरी, युवराज श्रेष्ठ, हरिकृष्ण भट्टराई, जित बहादुर कार्की, गोबिन्द दर्नाल, पनुलाल धामी, अमर कट्वाल, दिल बहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

















