रामधुनी। मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आइपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँड गर्ने भएको हो । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमा कुल सेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि, ४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो भने बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
आइपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४ सय २८ जनाले ३ करोड ४३ लाख ६० हजार १० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४ दशमलव १९ गुणा बढी आवेदन हो । जस अनुसार गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् ।

















