विराटनगर । मोरङको छालगाछीबाट बिल नभएको ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका ३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । उनलर्ई लाई मङ्गलवार बेलुका प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले चेक जाँच गर्ने क्रममा चाँदीको तार बनाइ ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको थियो । बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगर पठाइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

















