No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जेठ २ हुबहु लागु हुन सक्दैन: एमाले महासचिव इश्वर पोखरेल

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २०, २०७८
in राजनीति, समाचार
0
जेठ २ हुबहु लागु हुन सक्दैन: एमाले महासचिव इश्वर पोखरेल
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेकपा एमाले पुरानै अवस्थाको नरहेको बताएका छन् । मोरङको सुन्दरहरैंचामा आइतबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले १० बुँदे सहमति कार्यदलले पार्टी केन्द्रलाई दिएको निर्णय नभएर सुझाव मात्र रहेकाले पार्टीले त्यसलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्दै जाने उल्लेख गरेका थिए ।

उनले २०७७ साल फागुन २३ गतेको अदालतको फैसलापछि पार्टी कानुनी र राजनीतिक रुपले २०७५ जेठ २ को अवस्थामा पुगेपनि त्यहि अवस्थामा जस्ताको तस्तै रुपान्तरण हुन नसक्ने बताए ।

अहिलेको एमाले पुरानो एमाले नभइ माओवादी लगायतका विभिन्न दलबाट आएका नेता कार्यकर्ताहरु सहितको एमाले भएकाले सोही अनुसार नेतृत्वले कार्यान्वयन गर्ने भन्दै त्यतिबेला जिम्मेवारी लिएर क्रियाशील अवस्थमा रहेको सबै नेता कार्यकर्ताहरुलाई समेटेर अघि बढ्ने उनले बताए ।

 

जेठ २ भनियो भने माओवादी र अन्य थपिएकाहरु छुट्ने भएकाले जेठ २ कानुनी राजनीतिक हिसावले भएपनि यन्त्रिक ढंगले मात्र बुझ्न नहुने उनको भनाई थियो । “यो एमाले हिजोको एमाले होइन विकसित एमाले हो ।” उनले भने , “नयाँ अवस्थामा आएको एमाले हो एकताको भावनाका साथ अघि बढेको पार्टी हो ।” उनले राष्ट्रिय हित विपरित रहेको अवस्थामा नेकपा एमाले एमसीसी पारित गर्ने पक्षामा नरहेको समेत बताए।

कार्यक्रममा बोल्दै एमालेम सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पार्टी भीत्रको अन्तरसंघर्षमा आफुले माधवकुमार नेपाललाई साथ दिएको भएपनि पार्टी विभाजनको पक्षमा लाग्न नसकेको उल्लेख गरे । उनले माधवकुमार नेपालको पक्षमा लागेकाहरु केहि समय पछि यताउता घुमफिर गरेर मूल घरमै फर्किने दावी समेत गरेका छन् । यस्तै नेता लालबाबु पण्डितले माधवकुमार नेपाल लगायतका नेताहरुले पदका लागि पार्टी विभाजन गरेको दावी गरे । उनले माधव नेपाल लगायतका नेताहरुलाई भगुवाको संज्ञ दिंदै उनीहरुको पछि लाग्नेहरुले पछुताउनु पर्ने अवस्था आउने समेत बताए।No description available.

एकता नचाहनेहरु पदको पछाडी लोभिएर पुतली बत्तिमा झुम्मिए जस्तै गरी गएको भन्दै उनले अब उनीहरुको चर्चा गर्दै समय बिताउन नहुने बताए । यसैगरि भेलालाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले अब मंसिरमा हुने महाधिवेशको तयारीमा लागेकाले सोही अनुशार लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

आगामी निर्वाचनमा जित हात पार्ने गरि एकढीक्का भएर लाग्नु पर्नेमा उनले जोड दिए। उनले माधव कुमार लगायतका नेताहरुले आफ्नै समुहका नेताहरुको सुझाव विपरित पार्टी फुटाउने काम गरेको समेत बताए ।

अहिले अलमलमा परेर अन्यत्र लागेका नेता कार्यकर्ताहरुलाई धेरै गाली नगर्न भन्दै उनले उनीहरु विस्तारै एमालेमै फर्किने बताए । भेलामा एमाले नेता गुरु बराल, डा। शिवमाया तुम्बाहाम्फे, जीवन घिमिरे लगायत नेताहरुले समेत सम्बोधन गरेका थिए भने एमाले नेता घनश्याम खतिवडा, विनोद ढकाल, राजकुमार ओझा लगायतकोे समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुनवर्सी, रतुवामाई, सुन्दरहरैंचा लगायतका ठाउँबाट विभिन्न पार्टी परित्यग गरि एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा जनसांस्कृति महासंघका कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । भेलामा मोरङ जिल्ला भरिका वडा कमिटी र सो भन्दा माथिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृका ढकालले जानकारी दिए। माधव कुमार नेपालले नयाँ पार्टी गठत गरेपछि मोरङमा भएको यो नै एमालेको ठूलो भेला हो । मोरङ एमालेका केही जिल्ला नेतासहित केही कार्यकर्ताहरु मात्र माधवकुमार पक्षमा लागेका छन् ।

ShareTweetPin
Previous Post

निर्माता पुत्र देल्बिस र राज रोहन कला क्षेत्रमा इन्ट्री गर्दै

Next Post

‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक

Next Post
‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक

‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.