रामधुनी । सुनसरीको भोलि (सोमबार) हुन लागेको नेपाली काँग्रेसकाे १४ औ महाधिवेशनको तयारी तीव्र गतिमा थालिएको छ । तर सुनसरीको रामधुनी नगरपालिका वडा ६ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
शनिवार भएको क्रियाशील सदस्यको भेलाले वडा सभापतिमा आशिष् श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । १ सय १२ जना क्रियाशील सदस्य रहेको यस वडाले सर्वसम्मत सभापतिमा चयन गरिएको हो ।
सभापति आशिष् श्रेष्ठले नेपाली काँग्रेस पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अवलम्बन गरी अघि बढ्ने प्रतिबद्धता जनाए । धेरै लामो समयपछि महाधिवेशन हुन गैरेको बेला नेपाली काँग्रेसको वडा स्तरमा गुटबन्दी रूपमा उम्मेदवारी घोषणा नभई पार्टीको नीति अनुसार गएको श्रेष्ठले दाबी गरे ।
नेपाली काँग्रेसका १४ औ महाधिवेशनको तयारी गरिहरा गाउँ नगरमा नै गुटको भेला सभापतिले गर्ने गरेको देखिरहँदा आफूले समेटेर अगाडि बढाउन खोजेको उनले दाबी गरे ।

















