रामधुनी । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको बेथितिको बारेमा प्रधानमन्त्री देउवाले छानविन समितिले दिएको प्रतिवेदन अध्ययन भईरहेको बताएका छन् । उनले छानविन समितिको प्रतिवेदन अध्ययन गरिसकेपछि प्रक्रिया पुराएर दोषि उपर कार्बाही गर्ने बताए ।
शनिबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा काठमाडौं पुगेका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए । त्यसक्रममा प्रतिष्ठानको उद्देश्य अनुसार सबैको हित हुने व्यवस्थापन सुचारु गर्ने कुरामा सरकार गम्भिर रहेको बताए ।
शनिबार प्रतिनिधि मण्डलका संयोजक मेयर राई र नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले प्रधानमन्त्रीसँगको भेटमा ब्रिफिङ गरेका छन् ।
मेयर राईले वीपी प्रतिष्ठानमा दिनप्रतिदिन बेथिति बढ्दै गएको प्रधानमन्त्री समक्ष बताए । मेयर राईले वीपी प्रतिष्ठानलाई बर्बाद हुनबाट जोगाउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।
विद्यार्थीको कोटा, डाक्टरहरुले पाउनुपर्ने सेवा सुविधा कटौति गरेको बताउँदै मेयर राईले छानविन समितिले बुझाएको प्रतिवेदनलाई तत्काल कार्यन्वयन गरेर कार्बाही गर्न माग गरे ।


















ivermectin online
cialis price from canada