No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा लक्षित वर्गलाई छैन खोप, आफन्तलाई दुई डोज

फलैचा न्यूज by फलैचा न्यूज
साउन १, २०७८
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
1
रामधुनीमा करार कर्मचारीलाई पुनः सम्झौता गर्न सकिदैन :  प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपाने
Share on FacebookShare on Twitter

रामधुनी। सुनसरीको रामधुनी नगपालिकामा लक्षित वर्गलाई आएको खोप पहुँचका आधारमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका आफन्त लगाएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयबाट नै जेष्ठ नगरिकलाई भनेर पठाइएको कोरोना भाइरस विरुद्धको भेरोशील खोप रामधुनी नगरपालिका स्वास्थ्यका कर्मचारीले लक्षित वर्गलाइ वितरण नगरी आफन्तलाइ वितरण गरेकाे पाइएको हो । नगरपालीकामा एक महिना अगाडि लगाइएको पहिलो चरणको खोप र एक साता पहिला लगाइएको दोश्रो चरणको खोपमा मनोमानी गर्दै प्राथमिकता मिचेर पहुँचका आधारमा कोभिड खोप लगाइएको पाइएकाे हाे ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकतामा यो खोप ६२ वर्षदेखि ६५ वर्ष उमेर समुहका लागि छुट्याइएको थियो । तर,  रामधुनी नगरपालिकाको स्वास्थ्य साखाका कर्मचारी नगेन्द्र पौडेलको नेतृत्वमा रहका टोलिको मिलेमहतोमा ३२ बर्षको उमेर बढाइ ६२ बनाई जनप्रतिनिधि र कर्मचारीका आफन्त र नजिककाले यो खोप लगाएको पाइएको छ ।

नगरपालिकाले यसरी खोप प्रदान गर्न थालेपछि प्राथमीकतामा परेको समुहका कतिपय नागरिकले भने हाल सम्म खोप पाउन सकेका छैनन् । यसरी गैर समुहलाई खोप प्रदान गरेपछि स्थानीयले यस विषयमा सोधपुछ गर्दा स्वास्थ्य साखाका कर्मचारीले गरै जिम्वेवार जवाफ दिने गरेको भन्दै स्थानीयले आपोत्ती जनाएका छन् ।

‘चैतको पहिलो हप्ता मैले कोभिडशील खोप लगाएको थिएँ’, रामधुनी नगरपालिका १ नम्बर वडाका जेष्ठ नागरिक झनक कार्कीले भने, ‘त्यसको दुई हप्ता पछाडी दोस्रो खोप आउँछ भनेका थियो । तर, अहिलेसम्म पाएको छैन । सुन्दै छु २०/२१ वर्ष, ३५/३६ वर्षकाहरुले लगाए रे १ ’ निश्चित उमेर समुहका लागि आएको खोपका विषयमा चरम लापरिवाही हुँदा पनि नगरले केही नगरेकोमा आपत्ति जनाउँदै उनले नगरको बैठकमा यो विषयले प्रवेश पाउनुपर्ने बताए ।

त्यस्तै रामधुनीका युवा सत्यन्द्र न्यौपानेले भने, ‘त्यो खोप उमेर समुहलाई मात्रै नदिएर त्यसमा २१ वर्षदेखि ३६ वर्ष सम्मकालाई दिइएको छ । कसरी दिइएको हो न ति व्यक्ति सरकारले तोकिएको कुनै उमेर समुहमा पर्छन न ती फन्ट लाइनमा खट्ने नै हुन ।

स्वास्थ्य शाखाका कर्मचारीले कुन आधारमा खोप दिएकाे पैसामा किन बेच भएको हुन सक्ने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृतलाई भनेका छौँ । चार दिनको अल्टिमेटम दिएका छौँ ।’ चित नबुझदो जवाफ आएमा यसको भागेदार स्वास्थ्य साखा हुनुपर्ने उनले बताए ।

दुई दर्जनको हाराहारीमा नगरपालिका पुगेका युवाहरुले नगरले गरेको यो वेइमानीको चार दिन भित्र सत्यतथ्य बाहिर ल्याउन अल्टिमेटम दिएका छन् । साथै उनिहरुले नगर प्रमुखले अति आवश्यक भएकालाइ सिफारीस गरे पनि खोप नै नलगाइ र्फिता पठाएको आरोप समेत लगाएका छन् ।

यस विषयमा नगरपालिकाले गल्ति भएको स्वीकारेको छ । अचम्मको कुरा त के भने नगरपालिकासँग अहिलेसम्म नगरमा कतिले खोप लगाए भनेर एकिन तथ्याङ्क पनि छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेले नगरले राखेको तथ्याङ्क रुजु गर्ने र गल्ति भएको पाइए  कारबाही गर्ने बताए । कोरोना भाइरसको खोप लागउँदा हामीले विभिन्न युनिटबाट वितरण गरेका थियौ । त्यो खोप लगाउने क्रममा केहि कमिकमजोरीहरु भएका छन् । त्यसलाई हामी सच्याएर चार दिन भित्र  सार्वजनिक गछौँ ।’

नगरमा कतिले खोप लागाए तथ्याङ्क नै छैन 
नेपाल सरकारले देशैभरीका स्थानीय तहलाइ आवश्यक्ता अनुसार बिभिन्न चरणमा खोप पठाएको थियो । सोही अनुरुप सुनसरीको रामधुनी लगायतका सबै स्थानीय तहमा खोप आएको थियो ।

तर सुनसरीको सबै स्थानीय तहले खोप नदोहोरीने गरी वितरण गरी तथ्याङ्क संकलन गरे पनि रामधुनीमा हाल सम्म कति र कुन उमेर समुहले खोप लगाए कुनै तथ्याङ्क नै छैन । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागले वितरण गर्न दिएको खोप कार्डमा समेत खोपको नाम, लगाएको मिती, कुन कुन मितीमा खोप लगाएको केही पनि तथ्याङ्क छैन ।

करिब १ महिनाको फरकमा लगाउनु पर्ने यो खोप कुन मितीमा लागाइएको हो र पुन कहिले लगाउनुपर्ने कुनै मिती नतोकी खोप वितरण गरिएको पाइएको हो । यसरी खोप वितरण गर्दा व्यक्तिको स्वास्थ्यमा कुनै प्रकारको असर परेमा कस्ले जिम्मा निले भन्ने बिषय यतिवेला चर्चामा आएको छ ।

ShareTweetPin
Previous Post

पूजापाठ गरेर प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

Next Post

शिवको महिना साउन, आज लुतो फाल्ने दिन

Next Post
शिवको महिना साउन, आज लुतो फाल्ने दिन

शिवको महिना साउन, आज लुतो फाल्ने दिन

Comments 1

  1. Evawouch says:
    5 years ago

    [url=http://incrhealth.com/]generic antabuse[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.