No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झोले किसानलाई मात्र थाहा हुन्छ बोका बिरामी हुँदा के गर्ने भन्ने जेठाजुलाई हैन: वडा सदस्य लक्ष्मी चौधरी

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
असार २०, २०७८
in समाचार, स्थानीय, हेडलाइन
0
झोले किसानलाई मात्र थाहा हुन्छ बोका बिरामी हुँदा के गर्ने भन्ने जेठाजुलाई हैन: वडा सदस्य लक्ष्मी चौधरी
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वाड नम्बर ६ की वडा सदस्य लक्ष्मी चौधरी मिडियामा आएकि छिन् । स्थानियवासीले स्पष्टिकरण सहित राजिनामा माग गरेपछि अनियमितताबारे पारदर्शीता सार्वजनिक गर्न छानबिन समिति गठन भए पछि चौधरीले ढाकछोप गर्न लागिपरेको स्थानीयको आरोप छ ।

गत असार ४ गते स्थायिनवासी र असार ८ गते नेपाल तरुणदल वडा कार्य समितिले वडा सदस्य लक्ष्मी चौधरीले वडाको बजेटमा मनोमानी गरेको भन्दै राजिनामा माग गरेपछि वडा कार्यालयले असार १२ गते नगर प्रमुख जयप्रकाश चौधरीको उपस्थितीमा वडा सदस्य लिलिया सदाको संयोजकत्वमा ८ सदस्यीस छानबिन समिति गठन गरेको छ ।

तर, केहि दिन नबित्दै चौधरीले आफुमाथि लागेको आरोपको विषयमा छानबिन समितिलाई सगाउनुको सट्टा आफुमाथि लागेको आरोप झुटो भएको भन्दै उनले प्रेस विज्ञप्ती निकालेकी छिन् ।

सरकारी ह्यूमपाइपको विषयमा चौधरीको फरक–फरक जवाफ
उनले गत असार ४ गते स्थानियवासीलाई आफुले घरमा प्रयोग गरेको ह्यूमपाइप वडा अध्यक्षलाई सोधेर लगाएको स्वीकार गरेकी थिईन् ।
नगर प्रमुख जयप्रकार चौधरीको उपस्थितीमा भएको छलफलमा चौधरीले ह्यूमपाइपको विषयमा आफुले गल्ती गरेको स्वीकार गर्दै तिर्ने प्रतिवद्धता जनाएकी थिईन् । तर पछिल्लो समय उनले आफुले सडक डिभिजनबाट ल्याएर प्रयोग गरेको बताएकी छिन् ।

झोले किसानलाई मात्र थाहा हुन्छ बोका बिरामी हुँदा के गर्ने भन्ने जेठाजुलाई हैन
बिउको बोकाको विषयमा वडाले मापडण्ड पुगेका किसानलाई दिएको र वडका सबै जनता आफन्त नै भएको भन्दै चौधरीले संजोगवस आफ्नो जेठाजुलाई परेको बताएकी थिइन् । उनले बिउको बोकाको बिमा नगरेको र जेठाजुले बोका विरामी भएपछी माया लगेर काटेर खाएको उल्लेख गरेकी थिइन् । पछिललो समय भने झोले किसानलाई बोका बिरामी भएमा काटेर खानु हुन्न भन्ने थाहा हुने र वास्तविक किसानलाई यस विषयमा थाहा नहुने भएकाले काटेर खाएको चौधरीले बताईन् ।

राहतको विषयमा चौधरीले उब्रिएको राहत समाग्री आफुले ६ सय ७० केजि चामाल मात्र रहेको बताईन् । तर वडाको रेकर्डमा भने ११ सय ९५ केजी चामाल, १ सय १२ के.जी दाल, ६५ लिटर तेल, १ सय ४२ केजी नुन र  ७२ पिस साबुन रहेको छ । यस विषयमा आफुलाई थाहा नभएको बताईन् ।

https://youtu.be/V3-sHM3AN3E

चौधरीमाथी सरकारी ह्यूमपाइप घरमा प्रयोग गरेको, मैनिमा प्रदेश सरकारको १० लाख र वडा कार्यालयको ५ लाख गरी जम्मा १५ लाख रुपैयाँमा बनेको ट्रस पुलको काम पुरा नभएको र गुणस्तरहिन सामान प्रयोग गरेको, कृषककालागि अनुदानमा आएको धानको बिउ विक्रि गरेको, अनुदानमा आएको उन्नत जातको बिउको बोका जेठाजुलाई दिएको, विकास निर्माणको काममा आफ्नो श्रीमानलाई अध्यक्ष बनाएको, मर्मत सम्भार समितिको अध्यक्षमा श्रीमानलाई अध्यक्ष बनाएको, बिपन्न परपवारकालागि आएको राहत सामाग्री मनोमानी ढंगले आफुले रुचाएका व्यक्तिहरुलाई वडाकार्यालयलाई कुनै जानकारी नगराई वितरण गरेको लगायतका आरोप लागेका छन् ।

छानबिन समितिमा पराजीत सदस्यहरुलाई राखियो
आरोपका संदर्भमा वडा सदस्य लिलिया सदा संयोजक, सदस्यहरुमा पुष्प प्याकुरेल, दिनेश कुमार श्रेष्ठ, मिना शेर्पा, चन्द्र बहादुर थिंङ, रेवतराम गुरुङ्ग, ललिता देउजा, वाड नम्बर ६ का वडा सचिव नन्द कुमार श्रेष्ठ रहेको छानबिन छ । तर उनले यो समिति आफूलाई चित्त नबुझेको बताउँछिन् । उनले चुनावमा पराजीत सदस्यहरुलाई छानबिन समितिमा राखेकाले प्रतिसोध साध्ने काम हुन सक्ने भएकाले माथिल्लो निकायबाटै निष्पक्ष, स्वतन्त्र र तटष्थ भएर छानविन गर्नुपर्ने माग गरेकी छिन् ।

 

Tags: लक्ष्मी चौधरीवडा सदस्य लक्ष्मी चौधरी
ShareTweetPin
Previous Post

मादक पदार्थ शेवन गरि श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

Next Post

झरी रोकिएसँगै बाढीको जोखिम केही कम, पहिरोको जोखिम बढि

Next Post

झरी रोकिएसँगै बाढीको जोखिम केही कम, पहिरोको जोखिम बढि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.