रामधुनी । आफन्तसँगको साँठगाँठमा विकाशका आयोजना एकलौटी गरेर अनियमितताको आरोप लागेकी सुनसरी रामधुनी ६ कि वडा सदस्य लक्ष्मी चौधरीको अर्को चलखेल बाहिरिएको छ ।
https://www.youtube.com/watch?v=V3-sHM3AN3E
गत वर्षको लकडाउनका कारण जनतालाई ल्याएको राहत वितरण गर्नका लागि चौधरी संयोजक रहेकी थिइन् । उनले राहत वितरणमा व्यापक अनियमितताको रहस्य बाहिरिएको हो ।
वडा कार्यालयको रेकर्डमा ११९५ केजी चामल भए पनि अहिले गोदाममा ४०० केजी मात्र रहेको छ । अर्कोतर्फ गत वर्ष नै लकडाउनमा वितरण गर्न ल्याइएको राहत किन वितरण भएन भन्ने प्रश्न चिन्ह पनि खडा भएको छ । फलैचा न्यूजको टिम चामल राखेको गोदाममा पुग्दा बाँकी रहेको ४०० केजी चामलमा पनि मुसा र किरा लागेको, कुहिएको अवस्थामा भेटिएको हो ।
खाने तेल पनि ६५ लिटर रहेकोमा अहिले ७ लिटर मात्रै भेटिएको छ । ५८ लिटर तेल गायब बनाइएको छ । साबुन ७२ पिस मध्ये ५२ मिस गायब अवस्थामा छ । वडाले विपन्न नागरिकलाई किन राहत वितरण गरेन ?, बाँकी रहेको ११९५ केजीमा ४०० केजी मात्रै(त्यो पनि आधा कुहिएको अवस्थामा) भएकाले बाँकी चामल कता गयो ? यो रहस्यको पाटो बनेको छ । यस विषयमा वडा सदस्य चौधरीलाई फोन गर्दा उठेन ।
राहत वितरण समितिका सदस्य गणेश थिंङले भने, गत वर्ष राहत वितरणमा अनियमितता भएपछि आफू वितरण समितिबाट निस्केको बताए । यता स्थानीय दिनेश श्रेष्ठले पनि कार्यपालिका सदस्यले आफूखुसी आफन्तलाई वडा कार्यालय बन्द रहेको बेला चाबी खोलेर राहत बाँडेको आरोप लगाएका छन् ।
यता विपतका लागि राहतको सामग्री राखेको वडाध्यक्ष हेमनारायण राजधामीको भनाई छ ।
योपनि पढ्नुहोस् ।