No Result
View All Result
Saturday, November 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा वडा सदस्य लक्ष्मी चौधरीको राज, आफन्तसँगै साठगाँठ

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
असार ४, २०७८
in अर्थ, कृषि, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
रामधुनीमा वडा सदस्य लक्ष्मी चौधरीको राज, आफन्तसँगै साठगाँठ
Share on FacebookShare on Twitter

 रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ की वडा महिला सदस्य लक्ष्मी चौधरीले मनोमानी गरेको भन्दै स्थानीयले राजीनामा माग गरेका छन् ।

वडाको बजेटमा चौधरीले मनोमानी गरेको भन्दै स्थानीयवासीले स्पष्टीकरण सहित राजीनामा माग गरेका हुन् । शुक्रवार करिब ३० जनाको समूहमा पुगेका वडावासीले वडाध्यक्ष हेमनारायण राजधामीको कार्यकक्षमा चौधरीले ४ वर्ष गरेको कामको विवरण र हिसाब किताब मागेका छन् ।

वडाबाट सञ्चालन हुने कार्यक्रम तथा आयोजनाहरूमा चौधरीले आफ्नो श्रीमान् सहित परिवारका सदस्य र आफन्तहरूको प्रयोग गरेर वडाको बजेट मनोमानी ढङ्गले खर्च गरेको स्थानीयको आरोप छ । विकास निर्माण समितिको अध्यक्षमा चौधरीले आफ्नो श्रीमान् विन्देश्वर चौधरीलाई राखेर काम गरेको र काम समेत गुणस्तरहीन भएको भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । पुलको नाममा वडा कार्यालयबाट चौधरीले बारम्बार लाखौँ माग गरेको भन्दै स्थानीयवासीले वडाको विकासमा भ्रष्टाचार गरेर वडालाई खाडलमा हाल्ने खेलमा चौधरी लागेको आरोप लगाएका छन् ।

स्थानीयवासी गणेश थिंङले ‘आफ्नो श्रीमानलाई किन मैनीको पुल निर्माण समितिको अध्यक्ष बनाएको’ भन्दै वडा सदस्य चौधरीलाई प्रश्न गर्दा चौधरीले स्थानीयको भेलाबाट अध्यक्षमा आफ्नो श्रीमान् विन्देश्वर चौधरीलाई राखेको जवाफ दिइन् । त्यस्तै स्थानीय दिनेश श्रेष्ठले मैनी कै व्यक्ति हुँदाहुँदै किन बक्लौरी बजार छेउमा घर भएको व्यक्ति मैनीको पुलको अध्यक्ष बनाइयो भनेर जवाफ माग्दा उनले कुनै उत्तर भने दिइनन् । प्रदेश सरकारको १० लाख र वडा कार्यालयको ५ लाख गरी जम्मा १५ लाख रुपैयाँमा बनेको सो पुलको काम भने पुरा भएको छैन ।

पुल निर्माणमा कमसल सामाग्री प्रयोग गरेको स्थानीयको भनाई छ । वडा सदस्य चौधरीका श्रीमान् अध्यक्ष रहेको पुल अहिले खिया लागेर पुरानो जस्तो देखिन थालेको छ । पुलको मानिस हिँड्ने भागको भने एक पत्र उक्किन थालेको छ ।

जेठाजुलाई बोका, बोका भने गायव
वडाका विभिन्न काममा र सुविधाको प्रयोगमा आफन्तहरू प्रयोग गर्दै आएकी वडा महिला सदस्य लक्ष्मी चौधरीले आफ्नै जेठान बमर चौधरीलाई अनुदानमा आएको उन्नत जातको बिउको बोका दिएको खुलेको छ । उनले आफ्नो जेठान चौधरीको कृर्षि फम रहेको भन्दै आफूले अनुदानमा आएको बिउको बोका जेठानलाई दिएको स्वीकार गरिन् ।

तर, उनको जेठाजुले भने अनुदानमा आएको बोका काटेर मासु बिक्री गरेको पाइएको छ । फलैचान्यूजको टिम उनको जेठाजुको घरमा अनुदानमा आएको बोका हेर्न जाँदा परिवारले भने बोका काटेर खाई सकेको बताएका छन् । पहिले आफूले अनुदानको बोका पाएको र अहिले बोका विरामी भएपछि आफूले बोका काटेर खाएको परिवारको भनाई छ । चौधरीका जेठाजुले अनुदानमा आएको बोका काटेर ४५ केजी मासु बिक्री गरेको एक स्थानीयले बताए ।

निःशुल्क आएको धानको बिउ समेत बिक्री गरेको खुलासा
वडा सदस्य चौधरीले स्थानीय कृषकका लागि आएको धानको बिउ समेत  प्रतिकिलो ४० रुपैयाँका दरले बिक्री गरेको खुलासा भएको छ । यस विषयमा चौधरीले आफले अनुदानमा आएको धानको बिउ बिक्री गरेको बत्ताइन् ।उनले २० किलो लाने कृषकलाई १० किलोको पैसा लिएको बत्ताइन् ।

सरकारी ह्युमपाइप आफ्नै घरमा प्रयोग
चौधरीले आफूखुसी सरकारी ह्युमपाइप आफ्नै घरअगाडि लगाएकी छिन् । स्थानीय दिनेश श्रेष्ठले निजी एक्स्काभेटर उत्खनन गरी वडाले अर्को ठाउँमा लैजान लागेको ह्युमपाइप चौधरीले आफ्नै घरअगाडि वडामा समेत नसोधी राखेको श्रेष्ठले बताए ।

यस विषयमा रामधुनी–६ का वडा अध्यक्ष हेमनारायण राजधामीले चौधरीले आफूलाई नसोधी ह्युमपाइप लगाएको बताए । साथै उनले चौधरीलाई वडाले स्थानीय जनताहरूको प्रश्नको उत्तर सहित वडामा स्पष्टीकरण मागेको बताएका छन् ।

ShareTweetPin
Previous Post

कांग्रेसका मुख्यमन्त्री लोकप्रिय बन्दै, एक सातामै विस्वासको मत

Next Post

मुस्लिम समुदायको पहिचान गराउन आयोगले पठायो प्रदेश सरकारलाइ पत्र

Next Post
मुस्लिम समुदायको पहिचान गराउन आयोगले पठायो प्रदेश सरकारलाइ पत्र

मुस्लिम समुदायको पहिचान गराउन आयोगले पठायो प्रदेश सरकारलाइ पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.