विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठानले २०७७ सालका विभिन्न पुरस्कारहरुको घोषणा गरेको छ ।
जसअनुसार साहित्यकार डा.राजेन्द्र विमललाई ५० हजार राशिको राष्ट्रिय स्तरको प्रतिभा पुरस्कार, पाणीनी संस्कृत विद्यालय(गुरुकुल) विराटनगरलाई ५० हजार राशिको विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार, साहित्यकार गङ्गा सुवेदीलाई ५० हजार राशिको ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार, साहित्यकार लक्ष्मी उप्रेतीलाई ५० हजार राशिको दिनबन्धु गोयल प्रतिभा पुरस्कार, महाकाव्यकार भानुभक्त सुवेदी कुभिण्डेलीलाई २५ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी २० हजार राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय शुभलक्ष्मी लम्साल र ममता मृदुललाई संयुक्त रूपमा प्रदान गरिने भएको प्रतिष्ठानका सचिव कविराज न्यौपानेले जानकारी दिए ।


















