देवानगञ्ज । सुनसरीको देवान्जञ्ज गाँउपालिका २ का वडाअध्यक्ष मजलुम मियाँले नागरिकका हरेक समस्यामा केन्द्रीत भएर आफूले काम गरेको बताएका छन् ।
फलैंचान्यूजसंगको भेटघाट कुराकानीमा उनले नागरिकका हरेक समस्यामा आफु सामेर रहेको बताए । नागरिकका दैनि जिवनमा पर्दै आएको समस्यामा आफू लागिरहने उनको भनाई छ ।
सडक निमार्ण, सामाजिक काम जस्तोसुकै काममा आफू वडाअध्यक्ष भएदेखि लागिरहेको मियाँको भनाई छ ।
अहिले कतिपय भेगमा रोपाई सुरु भइरहँदा केही समय अघि वडा कार्यालयबाट आफूहरुले किसानलाई उन्नत जातको धानको विउ बितरण गरेको उनले बताए । उनका अनुसार वडाका २०० किसानलाई विउ वितरण गरिएको छ ।वडा कार्यालयले पछिल्लो समय विपन्नलाई फेन वितरणको काम पनि गरेको छ । गर्मीको समयमा फेन बितरण गर्दा स्थानीय खुसि भएको वडाअध्यक्षको भनाई छ ।
वडा कार्यालयका कर्मचारी उपेन्द्र सतियारका अनुसार विपन्न परिवारका ७० जनालाई गर्मीको यो समयमा फेन बितरण गरिएको छ ।