बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.लि.संखुवासभा बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।
ग्रो अर्गानिक कृषि .प्रालिले ठेक्का बापत जम्मा गरेको जमानत रमक जफत गरी प्रा.लि.लाई कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुबेदीले जानकारी दिनुभयो ।
सुबेदीका अनुसार कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नेकपा एमाले, नेपालि कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी रहेका छन ।
प्रा.लि.लाई ठेक्का बापत हालसम्म कुनै रकम भुत्तानी नगरेको नगरपालिकाले जनाएको छ । प्रा.लि. किसानलाई बितरण गरेको बाख्रा अस्ट्रेलियाबाट ल्याएको भनि त्यसो नभएको भन्दै विवादमा तानिएको थियो ।

















