धरान । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको पर्यटकीय सम्भावना बोकेको सहर हो धरान । पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगोलिक स्थिति, हावा पानी तथा विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरूले धरानलाई पर्यटकीय सम्भावना बोकेको सहरको रुपमा सबैले चिन्ने गरेका छन् ।
धरानमाथि रहेको विजयपुर डाँडा र त्यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिरहरु र ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरू, बाह्रै मास चिसो हावा पानी पाइने भेडेटार घुम्ने आन्तरिक तथा बाह्र पर्यटकहरु सुनसरीको इटहरी हुँदै धरान पुग्ने गर्दछन् । त्यसैले पनि धरान एउटा मानिषहरुको चलपहल हुने सहरको रुपामा चिनिन्छ । तर पछिल्लो समय कोभिड १९ का कारण देशमा भएको निषेधाज्ञाले धरान सुनसान देखिएको छ ।
निषेधाज्ञामा धरान तस्बिर–सुदर्शन कार्की