इटहरी । पूर्वकै लोकप्रिय रेडियो सप्तकोसी एफएमका स्टेसन म्यानेजर चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ ।
उपचारको क्रममा बुढिगंगास्थित विराट मेडिकल कलेजमा शुक्रबार बिहान ८ः२५ मा निधन भएको अस्पताल प्रशासनका अधिकारी विनोद दासले पुष्टी गरे ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आफ्नो फेसबुकमा –’नचाहेर पनि सत्य यही हो, इटहरीलाई अपुरणनिय क्षति,चन्द्र न्यौपाने प्रति हार्दिक श्रद्धाञ्जली ।’ लेखेकी छिन् ।
इटहरी निवासी न्यौपाने कर्मसियल रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष तथा नेपाल विज्ञापन बोर्डको सदस्य समेत थिए ।
न्यौपानेलाई कोरोना सङ्क्रमण भईएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । न्यौपानेका एक छोरी, छोरा र श्रीमती छन् ।


















