इटहरी । भारतमा हालै आएको ताउते चक्रवातको प्रभाव सकिन नपाउँदै यास चक्रवात आउने भएको छ । यसको सामना गर्न भारत सरकारले तयारी थालेको छ ।
यसका लागि सेनाको चार बिमान र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने सयौं उद्धारकर्मीहरुलाई भारतको बिभिन्न राज्यहरुमा तैनाथी अवस्थामा राखिएको छ ।
यास चक्रवात आउन सक्ने संकेतपछी बसेको उच्चस्तीरय बैठक लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त तयारी गरिएको जानकारी दिंदै सबैलाई सतर्कता अपनाउन अपील गरेका छन् ।
भारतका मौसमबिदहरुले भारतको बंगालको खाडीमा यही मे २६ तारिखमा प्रतिघण्टा १५५ देखि १६५ किलोमिटरको दरले जानकारी दिएका छन् ।
बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने र यसको असर नेपालमा समेत पर्ने नेपालका मौसमविद्ले बताएका छन् ।


















