इटहरी । आइतबार प्रदेश १ मा थप ७६३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् ।

















