इटहरी । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका थोरै भूभागमा आंशिक बदली भइरहेको छ ।
दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।


















