इटहरी । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् ।
आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् ।
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको भनाई छ ।


















