धरान । पछिल्लो २४ घण्टामा धरानमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै धरानमा कोरोना संक्रमितको संख्या १३ सय ८८ जना पुगेको छ भने २३ जनाले कोरोनका कारण ज्यान गुमाएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
हिजो बिहीबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

















