इटहरी । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ । मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी ५ वटा जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन् ।
निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ । यसैविच स्वास्थ्यमन्त्रालयले भने यस्तै हो भने महामारी नियन्त्रणमा कठिनाई हुने बताएको छ ।
मन्त्री हृदेश त्रिपाठीले पत्रकार सम्मेलनको आयोजना गरेर महामारी त्रिब्र रुपमा फैलिएको भन्दै, अरु जुनसुकै कदम चाल्नुपर्ने बताए । उनका अनुसार स्वास्थ्य संकटकालनै लगाउनुपर्ने अबस्था पनि आउन सक्ने छ । उनका अनुसार महामारी नियन्त्रणमा सरकारले काम भने गरिरहेको छ ।
यसैबिच वरिष्ठ जनस्वास्थयविद् डा रविन्द्र पाण्डेले आगामी तीन हप्ता थप कठेर हुने बताएका छन् । उनले तीन हिप्ता दुःख मानेरै भएपनि घरभित्रै बस्न आग्रह गरे ‘यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । उनले भने, सरकारले जारी गरेका निर्णय आफ्नै लागि हो ।’
कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न डा पाण्डेको आग्रह छ ।

















