सुन्दरहरैचा । मोरङ सुन्दरहरैचा नगरपालिका ५ तीनपैनी स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको छ ।
मंगलबार आज बिहान को १ ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काको छोरी ५ बर्षीय बालिका रबिना खड्का घाईते भएकी थिईन ।
घाईते बालिकाको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ ।

















