काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी विजयी भएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
काठमाडौंका लागि मेसौके ओलुमोउले निर्णायक गोल गर्न सफल भएका थिए । उनले खेलको ६६औँ मिनेटमा गोल गरे । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।
प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी ले सहभागिता जनएका छन् ।
प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एकरएक लाख पुरस्कार प्रदान गरिने एन्फाले जनएको छ ।


















