No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैचामा मेयर कप सुरु, लेटाङको विजयी सुरुवात

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ६, २०७८
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
सुन्दरहरैचामा मेयर कप सुरु, लेटाङको विजयी सुरुवात
Share on FacebookShare on Twitter

विराटचोक । सुन्दरहरैंचामा आज शुरु भएको प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगितामा लेटाङ नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा लेटाङ र बेलबारी नगरपालिका दुवैले कुनै गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरका लागि भएको पेनाल्टीमा लेटाङ नगरपालिका खेलाडी यमन मगर, सुन्दर साँवा लिम्बू, समन तामाङ र टिम क्याप्टेन अभिषेक लिम्बूले गोल गरेका थिए । गोलकिपर अञ्जित श्रेष्ठले गरेको प्रहार भने गोल पोष्टको क्रसबारको माथिबाट बाहिरिएको थियो ।

त्यस्तै, बेलबारीका तर्फबाट टिम क्याप्टेन देवेन धिमाल तथा कासिम राई र मिलन परियारले गोल गरेका थिए । बेलबारीका किरण लिम्बू र अरुण लिम्बूको प्रहार भने लेटाङका गोलकिपर अञ्जित श्रेष्ठले बचाएका थिए ।खेलको म्यान अफ द म्याच लेटाङ नगरपालिकाको टिमका गोलकिपर अञ्जित श्रेष्ठ घोषित भए । उनले नगद २ हजार र मेडल पाए ।

निर्धारित समयमा दुवै तर्फका खेलाडीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । बेलबारीका खेलाडी राजकुमार राईले गरेको प्रहार लेटाङका गोलकिपर श्रेष्ठले रोकेका थिए । दोस्रो हाफमा अभिषेक लिम्बूूको लामो प्रहारलाई रक्षा पंक्तिका खेलाडी सुुमन श्रेष्ठले गरेको हेड गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो ।

दोस्रो हाफमा नै लेटाङका खेलाडीले गरेको प्रहार पनि गोल हुन सकेन । बेलबारीका टिम क्याप्टेन देवेन धिमालले त्यसलाई क्ल्यिर गरेपछि लेटाङले कर्नर किक पाए पनि गोल गर्न भने सकेन ।

आजदेखि शुरु प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

मगलबारको खेल रतुवामाई नगरपालिका र उर्लाबारी नगरपालिकाबीच हुने भएको छ । बैशाख १४ गते फाइनल खेल हुने भएको छ । सुन्दरहरैंचा १२ शुक्रबारेको खेल मैदानमा भएको खेलको आयोजक सुन्दरहरैंचा नगरपालिका र सह आयोजक सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ रहेको छ । खेलको व्यवस्थापनको जिम्मा शुक्रबारे युवा क्लबले लिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले खेलाडीको प्रतिभा उजागर गर्न मद्दत पुगोस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए । निर्वाचित भएको पहिलो वर्ष विविध कारणले खेल शुरु गर्न नसकेको उनले बताए । दोस्रो वर्ष वडाध्यक्ष कपको नाममा खेल भएको तथा गत वर्ष कोरोना संक्रमणका कारण मेयर कप प्रतियोगिता स्थगित भएको उनले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता प्रतियोगिताले नगरपालिकाबीच समन्वय हुने र भाइचाराको सम्बन्ध स्थापित हुुने उल्लेख गरे । प्रतियोगिता उद्घाटन हुनुअघि विभिन्न संघसंस्थाहरुले जातीय झाँकी, वेशभूषा तथा नृत्य प्रस्तुत गरेका थिए ।

ShareTweetPin
Previous Post

गएराती चट्याङ लागेर पुर्वमा दूईको मृत्यु

Next Post

लागुऔषधसहित एक पक्राउ

Next Post
६ वर्षपछि अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार रहेका नरेश मेचे पक्राउ

लागुऔषधसहित एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.