रामधुनी । गाँजा सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार धरान ३ शान्तिपथ स्थित बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् ।
को१३प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनिहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको प्रहरीले जनाएको छ । उनिहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

















