इटहरी । प्रदेश १ मै पहिलो पटक एपमा आधारीत भई राइडसेरिङ् सेवा ‘मोटरगाडी’ सुरु हुन लागेको छ । राइडसेरिङ् सेवा संचालनको तयारी सँगै कम्पनीले जनरल इन्सुरेनस कम्पनिसंग सामुहिक दुर्घटना वीमालेख समझ्दारीपत्रमा हस्ताक्षर गरेको छ ।
भिगोर ईन्कर्पोरेशन प्रा.लि. द्वारा सञ्चालित मोटरगाडी एप केही दिनमै सञ्चालनमा आउने तयारी भइरहेको समयमा दुर्घटना बीमालेखमा समझदारी गरिएको कम्पनिका कार्यकारी निर्देशक अजय गच्छदारले जानकारी दिए ।
यात्रु तथा यात्रीलाई सुरक्षित गर्न राइडर तथा ड्राईभरको दुर्घटनामा मृत्यु भएमा सात लाख सम्मको वीमा गरिएको उनले बताए । यस्तै बढिमा १० प्रतिशत दुर्घटना उपचार विमा समेत गरिसकेको गच्छदारले बताए ।
मोटरगाडी, राइडर र ड्राइभरहरुको दुर्घटन र उपचारको हकमा नेपालकै सबैभन्दा बढी वीमाङ्क रकमको निर्धारण गरेको कम्पनी भएको उनले बताए । समुहिक दुर्घटना वीमालेख अन्तर्गत पर्ने सुविधाहरु मोटरगाडि एप प्रयोग गर्दा हुन गएको दुर्घटनाको खण्डमा मात्र उपयोग गर्न पाईनेछ ।राइडर र ड्रइभरको सुरक्षित यात्राको लागि लामो समयदेखि अध्ययन गरिरहेको कम्पनिकी रिसर्च एण्ड डेभलपमेन्ट मेनेजर नीशा पराजुलीले बताइन् । उनका अनुसार आगामी दिनमा कम्पनिले सर्वसाधारणलाई बढी भन्दा बढी सेवा दिने तरिकाले योजनाहरु ल्याउनेछ ।