काठमाडौं। सोमबार कारोबार रकम र परिसुचक वृद्धि भई नयाँ रेकर्ड कायम गरेको शेयर बजारमा मंगलवार भने २९ अंकको गिरावट आएको छ ।
बजार खुले पछि एकाएक २५ सय ८५ सम्म पुगेको परिसुचक त्यसपछि ओरालो लागेर २५ सय ३२ मा पुगेको हो । कारोबार भने ८ अर्ब बढीको भएको छ । मंगलवारको परिसुचक र कारोवार रकम दुवैमा आएको गिरावटलाई विश्लेषकले करेक्सन भनेका छन् ।
मंगलवार विकास बैक र वित्त समुह बाहेक अरु सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी २ सय ७४ अंकले जिवन बिमा ओरालो लाग्दा निर्जिवन बिमा २ सय ३७ अंकले घटेको छ ।
यस्तै लघुवित्त १ सय २८, उत्पादन समुह ९८ अकले ओरालो लाग्दा व्यापार, होटल, अन्य समुहमा पनि समुहमा पनि दोहोरो अंकको गिरावट आएको छ ।
मंगलवार ७ कम्पनीको शेयर मुल्य स्थिर रहदा ३२ कम्पनीको मात्र शेयर मुल्यमा बृद्धि भएको छ भने अरु सबै कम्पनीको शेयर मुल्यमा गिरावट आएको एक्सचेन्जले जनाएको छ ।
मंगलवार १ सय ९४ कम्पनीको १ करोड ५९ लाख बढी कित्ता शेयर ८ अर्ब १४ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।