इटहरी । उद्योग बाणिज्य संघ इटहरीले कोरोनाको महामारीमा इटहरी क्षेत्रको सरकारी कार्यालय सँगै जिल्ला प्रशासन र जिल्ला प्रहरीलाई आवश्यक सहयोग गरेको छ ।
इटहरी उपमहानगरपालिकाले स्थापना गरेको आईसोलेसनमा उद्योग बाणिज्य संघ इटहरीले ८ लाख,६७ हजार ६ सय ६० रुपैया बराबरको खाद्यन्न उपलब्ध गराएको जनाएको छ ।
उद्योग बाणिज्य संघ इटहरीले आफ्नो खर्च सार्वजनिक गर्ने क्रममा आश्विन ५ गते देखि पौष ५ गते सम्म उक्त रकम बराबरको खाद्यन्न उपलब्ध गराएको जनाएको हो ।
संघले छिमेकी उद्योग बाणिज्य संघहरुलाई समेत सहयोग गरेको छ । संघ इटहरी एक बर्ष यता सामाजिक काममा सक्रिय बन्दै आएको छ ।