रामधुनी । विराटनगरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै मोटरसाइकल र्याली निकालिएको छ । “राजा जनता एक हौं”,”राजा आउ देश बचाउ” लगायतका नारासहित सोमबार र्याली निकालिएको हो ।
र्यालीमा राष्ट्रिय झण्डासँगै पूर्वराजारानी ज्ञानेन्द्र र कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर विराटनगरको कञ्चनबारीबाट महेन्द्र चोकसम्म र्याली निकालिएको थियो ।
दलको नेतृत्व असफल भएको, भ्रष्टाचारले सीमा नाघेको लगायतका विभिन्न आरोप लगाउँदै राजसंस्था पुनर्स्थपानाबाट मात्र देशले निकास पाउने संयोजक सूरज कँडेलले बताए ।
कँडेलले भने राजाले जनताको हितका लागि राजगद्दी छोडेका थिए । तर आज सत्तामा पुगेकाले आफू देखे तर जनतालाई कहिल्यै देखेनन् ।
उक्त र्यालीमा १ हजार मोटरसाइकल सहभागी गराइएको आयोजकले जनाएको छ ।