इटहरी । यसपालिको टीकाको दिन अर्थात भोलीसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलीसम्म नै पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नदेखिएकाले धेरै ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
तर स्थानीय वायुको प्रभावले एकदुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् ।
उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।