भारतीय सेनाध्यक्ष नेपाल आउँदै

काठमाण्डौ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् ।

दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गएको माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.