No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सर्लाहीमा झडप, सुरक्षाकर्मी सहित ५२ जना घाइते

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २८, २०७७
in समाचार, समाज, हेडलाइन
0
सर्लाहीमा झडप, सुरक्षाकर्मी सहित ५२ जना घाइते
Share on FacebookShare on Twitter

सर्लाही । स्थानीय व्यक्तिको हत्याको विषयलाई लिएर सर्लाहीमा झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको समूहसँग सुरक्षाकर्मीको झडप हुँदा ५२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुईजना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकसहित २२ प्रहरी, सशस्त्र प्रहरीका निरीक्षकसहित १० जना र २० जना प्रदर्शनकारी रहेका छन् ।

 

सर्लाही, रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको हत्याको विषयमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह नेतृत्वको समूह प्रहरी कार्यालय घेराउ गर्न पुगेको थियो ।

प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप सुरु भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् भने सशस्त्र प्रहरीका १८ ओटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएको प्रहरीले जनाएको छ ।

ठूलो संख्यामा प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले सशस्त्र प्रहरी बलबाट डीएसपी सरोज खड्काको नेतृत्वमा १०० जनाको टोली मद्दतका लागि बोलाइएको थियो ।

सांसद सिंहले भने प्रहरीले जाहेरी दरखास्त लिन नमानेकाले दबाबमूलक कार्यक्रम गर्न प्रहरी कार्यालय पुगेको बताए ।
सर्लाही कांग्रेसका जिल्ला सभापति नाग्रेन्द्र रायले प्रहरी हस्तक्षेप हुँदा झडप भएको दाबी गरेका छन् ।

गत असोज २१ गते स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा घाइते भएका ६५ वर्षीय महेन्द्रको उपचारकाक्रममा मृत्यु भएको थियो । मृत्युपछि उनका आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् ।

 

प्रदर्शनकारीहरुले भने सत्तारुढ नेकपाले महेन्द्ररामको हत्या गरेको भन्दै दोषी पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको जनाएका छन् ।

तर, प्रहरीले भने घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको र यसमा राजनीतिको सम्बन्ध नरहेको दाबी गरेको छ ।

ShareTweetPin
Previous Post

थपिए २ हजार ६ सय ३८ जना संक्रमित

Next Post

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

Next Post
प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.